१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश २ लाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने

काठमाडौं– संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नभएसम्म आफूहरु वाम गठबन्धनको सरकारमा समावेश नहुने बताएका छन्।

शुक्रबार यहाँ आयोजित साक्षात्कारमा उनीहरुले मधेशी जनताको भावनानुरुप संविधानमा संशोधन हुनुपर्नेमा जोड दिँदै सरकारमा जाने कुरा आफूहरुको दोस्रो प्राथमिकता भएको बताए। फोरमका महासचिव रामसहाय यादवले ‘अधुरो र अपूरो’संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता नेकपा (एमाले)बाट नआएसम्म सरकारमा नजाने बताए। उनले २ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने पनि बताए। 

राजपाका नेता मनिष सुमनले वाम गठबन्धनले फोरमसँग गम्भीर रुपमा वार्ता गरिरहेको भए पनि आफूहरुलाई भने बेवास्ता गरेको गुनासो गर्दै मधेश आन्दोलन शब्द संविधानमा लेख्न कन्जुस्याइँ गरिएको बताए। 

प्रकाशित: १८ फाल्गुन २०७४ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App