१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओली र दाहाललाई मार्क्स, एंगेल्सको जोडी जस्तै भएर काम गर्ने अवसर : उपाध्यक्ष पुन

काठमाडौं- अखिल (क्रान्तिकारी)  का उपाध्यक्ष दिपेश पुनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता अहिलेको आवश्यकता भएको बताएका छन्। अखिल (क्रान्तिकारी) खोटाङको १७ औं जिल्ला सम्मेलनमा बोल्दै पुनले स्थिर सरकार, तिब्र आर्थिक विकास, बलियो राष्ट्रिय एकता र सुशासनको लागि अघि बढ्नु पर्नेमा जोड दिए। विकास र सम्बृद्धिको यात्रामा देशलाई लैजान पुष्पकमल दाहाल र केपी ओलीलाई मार्क्स र एंगेल्सको जोडी जस्तै भएर हिड्ने सुनौलो अवसर मिलेको उनको भनाई थियो।

नेपालमा २००६ सालमा जन्मेको कम्युनिष्ट पार्टी विभिन्न धारामा विभाजित हुँदा देशले दु:ख पाएको बताउँदै उनले ओली र दाहाललाई मार्क्स, एंगेल्सको जोडी जस्तै भएर काम गर्ने अवस इतिहाँसले दिएको बताए।

संविधानमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास जनताको मौलिक अधिकार स्थापित गर्न महत्वपूर्ण भएको पुनको भनाई थियो। शिक्षामा सबैको समान अधिकार हुनु पर्ने पुनले बताए। पहुँच भएका र पहुँच नभएकाहरुको शिक्षामा अधिकार समान हुनु पर्ने पुनले बताए।

दुईदिन सम्म चलेको सम्मेलनले माया चाम्लिङ राई अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि दिपेश पुनले सपथ गराएका थिए।

प्रकाशित: १८ फाल्गुन २०७४ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App