८ वैशाख २०८१ शनिबार
राजनीति

विधान मस्यौदा उपसमिति

काठमाडौं – एमाले र माओवादीबीच एक साताभित्र अन्तरिक विधान र संगठन संरचनाको प्रारम्भिक खाका तयार पार्ने सहमति भएको छ । जसका लागि विधान मस्यौदा कार्यादलले दुई छुट्टाछुट्टै उपसमिति निर्माण गरेको छ। 

एमाले केन्द्रीय कार्यालयमा मंगलबार भएको बैठकले विधानको खाका प्रस्तुत गर्न एमालेका बेदुराम भुसाल र माओवादीका वर्षमान पुन तथा जनवर्गीय, पेसागत, प्रतिष्ठानहरुसहितका संगठनको एकीकरणका खाका प्रस्तुत गर्न एमालेका गोकर्ण विष्ट र माओवादी केन्द्रका गिरिराजमणि पोखरेल रहेको समूह गठन गरेको हो। 

‘दुवै उपसमितिले बुझाउने खाकामाथि सामूहिक छलफल गरेर परिमार्जन गर्दै तोकिएको समयभित्र आफ्नो जिम्मेवारी सक्ने गरी काम हुनेछ,’ एमाले नेता विष्टले भने। 

दुवै दलबीच फागुन ७ गते पार्टी एकीकरणका प्रारम्भिक आधारमा हस्ताक्षर भएको थियो ।

प्रकाशित: १६ फाल्गुन २०७४ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App