१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश ६ लाई मन्त्रिपरिषदमा प्रतिनिधित्व गराउन एमालेको माग

प्रधानमन्त्री एवं पार्टी अध्यक्षसँग नेता बाँनिया । तस्बिर : नागरिक

मुगु – नेकपा एमाले प्रदेश नम्बर ६ का नेताले संघीय सरकारमा प्रदेशको प्रतिनिधित्व गराउन माग गरेका छन्। 

प्रतिनिधिसभामा मुगुबाट निर्वाचित मन्त्रीका आकांक्षी नेता मोहन बाँनियाले पिछडिएको प्रदेश ६ (कर्णाली)बाट मन्त्रिपरिषदमा प्रतिनिधित्व हुनुपर्ने माग गरेका हुन्। 

प्रदेशकै वरिष्ठ नेता एवं पार्टीका केन्द्रीय सदस्य रहेका बाँनियाले पिछडिएको ठाउँलाई समेट्ने विषयलाई पार्टी नेतृत्वले प्राथमिकता दिनुपर्ने बताए। ‘दुर्गम ठाउँको पहुँच नभएकाले सधै उपेक्षामा पारिएको छ, यसपटक पार्टीले समेट्नुपर्छ,’ मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। 

प्रदेश ६ लाई समेट्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएको जानकारी गराउँदै उनले सुनुवाई हुनेमा आशंका व्यक्त गरे। ‘नयाँ नयाँ मान्छेलाई अवसर दिन्छन्। पार्टीमा योगदान दिएका हामीजस्ता दुर्गम ठाउँको पहुँच नहुँदा उपेक्षामा परेका छौं, मानव सूचकांकमा पछाडी र अन्य हिसाबले पनि पिछडिएको क्षेत्रलाई मन्त्रिमण्डलमा नपारेपछि कसरी हुन्छ ? यसपटक पार्टीले हेर्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले बताए।

प्रदेश ६ बाट बाँनियासहित राजबहादुर बुढाले पनि मन्त्रीका लागि लबिङ गरिरहेका छन्। बाँनियाले पर्यटन, वन, कृषिमध्ये एक मन्त्रालयमा दाबी गरेका छन्।

प्रकाशित: १५ फाल्गुन २०७४ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App