८ वैशाख २०८१ शनिबार
राजनीति

कानून मस्यौदा तथा सुझाव आयोग गठन

 

बुटवल- प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा बनाउन प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ ।केहीदिनअघि बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेर आयोगका पदाधिकारीलाई आज पत्र दिइएको हो।

आयोगको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा कुमार आचार्य र सदस्यमा अधिवक्ता विष्णु पोखरेल र खुमाकान्त पौडेल रहेका छन् । आयोगको पदेन सदस्यमा प्रदेशका सहन्यायाधिवक्ता, मुख्यमन्त्रीको कार्यालयका कानून उपसचिव र आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून महाशाखा प्रमुख रहने छन् । आयोगलाई एक वर्षको समयाबधि दिइएको छ ।

मुख्य मन्त्री शंकर पोखरेलले आफूले पदबहाली गरेकै दिन आफ्नो सरकारको प्रमुख काम प्रदेश सरकारले बनाउनु पर्ने कानून निर्माण पहिलो प्राथमिकतामा रहेको बताएका थिए।रासस
 

प्रकाशित: १४ फाल्गुन २०७४ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App