६ वैशाख २०८१ बिहीबार
राजनीति

विना मगर मन्त्री बन्ने

काठमाडौं – पतिवियोगमा परेकी नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य विना मगर मन्त्री बन्ने निश्चित भएको छ। 

अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत रहेकी मगरलाई माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएर पठाउने तयारी गरेको स्रोतले बतायो। यद्यपी उनले कुन मन्त्रालय पाउने भन्ने तय भइसकेको छैन्। 

विना प्रदेश नम्बर ७ को प्रतिनिधित्व गर्दै केन्द्र सरकारमा मन्त्री बन्नेछिन्। विनालाई मन्त्री बनाउन प्रदेश इञ्चार्ज लेखराज भट्टले लबिङ गरिरहेका छन्। भट्टले आफू ‘ब्याक’ भएर विनालाई अघि सारेका हुन्।

मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट महिलातर्फ देशकै सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएकी विनाले निर्वाचनको प्रचारप्रसारका क्रममा पति प्रकाश दाहाललाई गुमाएकी थिइन्। प्रकाशको मंसिर ३ गते निधन भएको थियो। 

प्रदेश कमिटीले सिफारिस गर्यो

यसैबीच विनालाई मन्त्री बनाउन माओवादी केन्द्र ७ नम्बर प्रदेश कमिटीले पार्टीमा सिफारिस गरेको छ। प्रदेश इन्चार्ज लेखराज भट्टले विनाको नाम अध्यक्ष पुष्पकमल दाहालसमक्ष पेस गरेका हुन्।

वाम गठबन्धनबाट प्रदेश सरकारमा कैलालीका २ जना मन्त्री भएको र मुख्यमन्त्री पनि सेती अञ्चलकै भएकाले केन्द्र सरकारमा प्रदेश ७ बाट महाकाली अञ्चलको प्रतिनिधित्व गराउनुपर्ने भन्दै भट्टले कञ्चनपुरबाट निर्वाचित मगरको नाम सिफारिस गरेको प्रचार विभाग संयोजक ओमविक्रम भाटले जानकारी दिए।

उनका अनुसार भट्टले प्रदेश सरकारमा एमाले र माओवादीबाट कञ्चनपुरको प्रतिनिधित्व नभएको र आफू समय समयमा पहिले मन्त्री भइरहेको भन्दै भौगलिक सन्तुलन मिलाउन महाकाली अञ्चल र कञ्चनपुर जिल्लाको प्रतिनिधित्व हुनेगरी विनालाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए। जवाफमा अध्यक्ष दाहालले पार्टीमा छलफल गरेर अघि बढ्ने भन्दै सकारात्मक संकेत दिएको भाटले बताए। 

प्रदेश इन्चार्ज भट्टले सुदूरपश्चिम पहिले देखि नै हेपिएको स्मरण गराउँदै यसपटक केन्द्रमा प्राथमिकता दिनुपर्ने भन्दै अध्यक्षको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १० फाल्गुन २०७४ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App