coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पर्यटन वोर्ड भ्रष्टाचार प्रकरण : सुवास निरौलालाई ७ वर्ष कैद

काठमाडौं- विशेष अदालतले  नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ। वोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको छ। उनलाई ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना समेत विशेष अदालतले तोकेको छ।

लेखा शाखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजायँ सुनाएको छ। उनलाई ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार ४ सय जरिवार तोकिएको छ। वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई दोषी ठहर गर्दै एक लाख ५४ हजार बिगो तिराउने फैसला गरेको हो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलाई यस्तो फैसला सुनाएको हो। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले २३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। बोर्डका पदाधिकारी र कर्मचारीहरुले १ अर्ब ३९ करोड ५० लाख ५३ हजार ७ सय ५० रुपैँयाँ  हानी गरेको अख्तियारको आरोप थियो।  

 

 

 

प्रकाशित: १० फाल्गुन २०७४ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App