४ वैशाख २०८१ मंगलबार
राजनीति

डा. केसीको प्रष्टोक्ति : मानवीय त्रुटीका कारण मेरो जन्ममितिमा गल्ती

काठमाडौं- डा. गोविन्द केसीले प्राविधिक त्रुटीबश आफ्नो चारित्रिक प्रमाणपत्रमा जन्म मिति गल्ती भएको बताएका छन्। वुधबार एक पत्रकार सम्मेलन गर्दै केसीले एसएलसीको चारित्रिक प्रमाणपत्र बाहेक सबै शैक्षिक प्रमाणपत्रहरुमा आफ्नो जन्म मिति २०१३ असोज १७ रहेको र प्रविधिक त्रुटिवस एसएलसीको प्रमाणपत्रमा २०१३ माघ २४ हुन गएको केसीले बताए। डा. केसीले चिकित्सा शिक्षामा सुधार लगायत प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आन्दोलन गर्दै आइरहेका छन्।

बढुवामा भरेका आवेदनहरुमा पर्न गएको फरक जन्म मितिमा पनि मानवीय त्रुटि भएको केसीको भनाई छ। विधिसम्मत तवरले ती त्रुटि सच्याउन पहल गर्ने केसीले बताए।

सम्वन्धित कार्यालयमा नागरिकताको प्रमाणपत्र नबुझाएको तथा सिटरोल नभरिएको भनेर लगाइएको आरोप असत्य भएको उनको भनाई छ। बुझाएका कागजात त्रिविका पदाधिकारीले गायव गरेर अनावश्यक विवाद सिर्जना गर्न खोजेको उनले आरोप लगाए। ‘जागिर लम्व्याउने गलत नियतले आफुले उमेर फरक पारेको भए एसएलसीको चारित्रिक प्रमाणपत्र बमोजिमको जन्ममिति २०१३/१०/२४ अन्य शैक्षिक प्रमाणपत्रमा समेत कायम गरेको हुने थिए’, उनले भनेका छन्, ‘मैले नागरिकताको प्रमाणपत्र लिँदा, कलेज भर्ना हुँदा र अन्तिम बढुवा प्रयोजनका लागि आवेदन गर्दा लेखाएको जन्ममिति २०१३/६/२७ अनुसार मेरो सेवाअवधि कम हुन गएको स्पष्ट छ। यस विषयमा थप स्पष्टताका लागि छानविन गर्नु पर्ने भएमा त्यसलाई म हार्दिकतापूर्वक स्विकार सबै सहयोग गर्न तयार छु।’

त्रिवि उपकुलपति तीर्थ खनिया र कानून संकायका डिन तारा सापकोटा र प्रधानन्यायाधीश गोपाल पराजुलीको मिलेमतोमा त्रिविमा बुझाइएका कागजपत्र नै गायव गरेर नबुझाएको भन्दै अफवाह फैलाइएको केसीले आरोप लगाएका छन्।

उनले प्रधानन्यायाधीश पराजुलीलाई पनि आफ्ना चारित्रिक प्रमाणपत्रहरु खुलारुपमा पेश गर्न समेत चुनौती दिएका छन्। आफ्नाविरुद्ध भएका यस्ता प्रयासले सुशासन र जवाफदेहिताका लागि आफुले चलाएको अभियानमा कुनै फरक नपर्ने बरु झन् सशक्त हुने स्पष्ट पारेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७४ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App