८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रालयको बाँडफाँट गर्न ओली, दाहालबीच छलफल जारी

काठमाडौं – मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार (आज) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ।

आज नै मन्त्रिपरिषदलाई पुर्णता दिन दुई शिर्ष नेताहरु अन्तिम तयारीमा जुटेका हुन्। बैठकबाट कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने निष्कर्ष निकाल्ने र आजै मन्त्रिपरिषद विस्तार गर्ने स्रोतले जनाएको छ।

यो छलफल सकिएलगत्तै दुई पार्टीको छुट्टाछुट्टै बैठक बस्ने माओवादी केन्द्रका एक  नेताले बताए। उनका अनुसार दुवै पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेछ ।

बुधबार बेलुकीसम्मनै सबै मन्त्रीको टुङ्गो लगाएर सपथ गराउने गरी तयारी भइरहेको छ। गएको सोमबार बेलुकी ७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका दुवै पार्टीले चाँडैै एकताको घोषणा गर्ने  तयारी पनि गरिरहेका छन्।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App