१६ चैत्र २०८० शुक्रबार
राजनीति

'देउवा सरकारका निर्णय उल्ट्याउँछु भन्नु ओलीकै वैधानिकतामथि प्रश्न'

धुलिखेल – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताएका छन्।

बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सोमबार प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उनले विपक्षलाई पनि सँगै लैजान सके मात्रै उपलब्धि हासिल हुने बताए।

कांग्रेस वर्तमान सरकारसँग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न तयार भएको बताउँदै उनले एक्लै हिँड्दा आफ्नै पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पनि एक्लिएको उदाहरण दिए। 

प्रकाशित: ७ फाल्गुन २०७४ १५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App