८ वैशाख २०८१ शनिबार
राजनीति

निर्णय खारेज गरेर देखाउन ओलीलार्इ कांग्रेस नेताको चुनौती

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले अहंकार नदेखाउन नयाँ सरकारलाई आग्रह गरेका छन्। उनले हिम्मत भए देउवा सरकारले गरेका निर्णय खारेज गरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती समेत दिए।

‘‘ओलीजीमा हिम्मत ६ भने निर्वाचनपछि देउवा सरकारले गरेका सबै निर्णय खारेज गरे हुन्छ,’ यातायात व्यवसायी महासंघका निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन कार्यक्रममा नेता बलायरले भने,  ‘‘प्रदेश प्रमुख, प्रदेश प्रमुखले सपथ खुवाएका मुख्यमन्त्री र प्रदेश सरकार तथा राष्ट्रिय सभाको निर्वाचनलगायतका सबै काम खारेज गरेर देखाए भयो।’

उनले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गरी देशलाइ संघीय गणतन्त्रात्मक ब्यवस्थामा अघि बढाए वाफत देउवा सरकारलाई बधाई दिन समेत कन्जुस्याई गर्नु प्रधानमन्त्री ओलीको संकिर्ण मानसिकताको उपज भएको बताए। 

प्रधानमन्त्री ओलीले कुनै पनि निर्णय गर्नुअघि आफ्नो बिगतलाई एक पटक फर्केर हेर्न जरुरी रहेको भन्दै उनले अघिल्लो पटक ओलीले आफूले सरकार छाडेकै दिन त्रिवि सेवा आयोगको पदपूर्ति गर्न बन्ने समितिको अध्यक्ष बनाएर गएका तर देउवा सरकारले त्यसलार्इ खारेज नगरी मान्यता दिएकोतर्फ ओलीको ध्यान जानुपर्नेमा जोड दिए। 

प्रकाशित: ६ फाल्गुन २०७४ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App