coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीले मन्त्रीको नाम सिफारिस गर्न सकेन

पोखरा- प्रदेशद नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पद तथा गोपनीयताको सपथ गराए। सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका छन्।

यस्तै रामशरण बस्नेतले उद्योग तथा वन मन्त्रालयको जिम्मेवारीका साथ सपथ लिएका छन्। ४ नम्बर प्रदेशमा माओवादी केन्द्रले भने मन्त्री पठाएको छैन। माओवादी स्रोतका अनुसार मन्त्रीमण्डलमा सहभागि हुने नाममा विवाद भएको छ।  

मन्त्रीको लागि प्रस्तावित हरिबहादुर चुमान र लेखबहादुर थापाको नाममा सहमति हुन नसकेपछि माओवादीले मन्त्रीमण्डलमा सहभागि हुनेको नाम सिफारिस गर्न नसकेको हो। मन्त्री छान्न शुक्रबार माओवादी संसदीय दलको बैठक बसेको थियो।

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App