१६ चैत्र २०८० शुक्रबार
राजनीति

याेजना तथा कार्यक्रम सार्वजनिक

बुटवल – प्रदेश नम्बर ५ बिहीबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले एमाले माओवादीबाट एक/एक मन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री नियुक्त पोखरेल तथा मन्त्रीद्वय केसी र चौधरीलाई प्रदेश प्रमुख उमाकान्त झाले बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि मुख्यमन्त्रीसहित  मन्त्रीहरु सहिदको सालिकमा माल्यापर्ण गर्न फूलबारी पुगेका थिए । त्यसपछि उनीहरूले आआफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरे। 

पदभार समालेपछि मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठक राखे । पहिलो बैठकले सरकारको प्रवक्तामा मन्त्री चौधरीलाई तोक्नुका साथै विभिन्न निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरे ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App