७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट नियुक्त, शनिबार सपथ

धनगढी – प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भएका छन्।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा दावी पेश गरेका माओवादी केन्द्रका नेता भट्टलाई प्रदेश प्रमुख मोहनराज मल्लले विहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका ४५ वर्षीय सांसद भट्टले शनिबार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको छ। 

प्रकाशित: ३ फाल्गुन २०७४ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App