७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री देउवाद्वारा राजीनामा

देशवासीका नाममा सम्बाेधन गर्दै शेरबहादुर देउवा । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुरले  राजीनमा दिएका छन् । विहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।  प्रधानमन्त्री निवास बालुवाटारमा उनले देशवासीका नाममा सम्बोधन गरेका थिए। 

सम्बोधनमा उनले राष्ट्रियसभा निर्वाचनमा सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । साथै उनले आफ्नो कार्यकालमा महत्त्वपूर्ण कार्य भएकाले कार्यकाल सफल रहेको  दाबी गरे । 

सम्बोधन अगाडि उनले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । सम्बोधन पश्चात उनी राजीनामा पत्रसहित शितलनिवास महाराजगञ्ज तर्फ प्रस्थान गरेका छन्। 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App