४ वैशाख २०८१ मंगलबार
राजनीति

मानभवनमा एमाले स्थायी कमिटी, खुमलटारमा माओवादी सचिवालय बैठक

काठमाडौं- पार्टी एकताबारे निर्णय लिन नेकपा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसिरहेको छ।

 एमाले अध्यक्ष केपी ओलीले छलफलको लागि भन्दै आकस्मिक पार्टीको स्थायी कमिटी बैठक बोलाए भने खुमलटार स्थित माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा माओवादी सचिवालय बैठक अहिले बसिरहेको छ।

एमाले अध्यक्ष केपी र माओवादी अध्यक्ष दाहालको  छलफल सकिए लगत्तै ललितपुरको मानभवन स्थित शारदा अधिकारीको घरमा एमाले स्थायी कमिटी बैठक चलिरहेको छ।

ओली र दाहालबीच पार्टी एकताको विषयमा बिहानदेखि ‘वान अन वान’ छलफल सकिएपछि दुई पार्टीले बैठक बोलाएका हुन्। एकताको विषयमा भएको प्रगतिलाई अनुमोदन गराउन बैठक बोलाइएको अनुमान गरिएको छ। यस लगत्तै आज नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने छ।

प्रकाशित: २ फाल्गुन २०७४ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App