७ वैशाख २०८१ शुक्रबार
राजनीति

सेना दिवसको विशेष अतिथि भारतीय सेनाध्यक्ष विपिन रावत

काठमाडौं- नेपाली सेना दिवसमा भारतीय सेनाध्यक्ष विपिन रावत आउने भएका छन्। रावतलाई नेपाली सेनाले विशेष अतिथिको रुपमा सेना दिवशमा निमन्त्रणा गरेको हो। त्यसको लागि रावत आज नेपाल आउने छन्। उनी फागुन २ गते स्वदेश फर्कने छन्। नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा मिति फागुन गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को विशेष कार्यक्रममा रावत सहभागि हुने छन्।

नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाले आयोजना गर्ने विशेष कार्यक्रमहरुमा विशेष अतिथिको रुपमा निमन्त्रणा गर्ने र भारतीय सेनाको मानार्थ सेनापति सम्मान दिइने प्रचलन रही आएको छ। त्यसैगरी, भारतीय सेनाका सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिने प्रचलन रहेको छ। रावतलाई २०७३ चैत्र २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको सम्मान प्रदान गरेकि थिइन्।

 

प्रकाशित: २९ माघ २०७४ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App