१६ चैत्र २०८० शुक्रबार
राजनीति

पृथ्वीसुव्वा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री पक्का

पोखरा- नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा पृथ्वीसुव्वा गुरुङ सर्वसम्मत भएका छन्। आज बसेको एमाले संदीय दलको बैठकले उनलाई सर्वसम्मत गरेको हो। यो संगै उनलाई प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। संसदीय दलमा अर्का नेता किरण गुरुङको सम्भावना भए पनि पार्टी महासचिव इश्वर पोखरेलको उपस्थितिमा बसेको बैठकले पृथ्वीसुव्वाको नाममा सहमति गरेको हो। प्रदेश ४ मा वाम गठवन्धनको बहुमत रहेको छ।

एमाले-माओवादी सहमति अनुसार ४ नम्बर प्रदेशको सभामुख माओवादीले पाउने छ। सभामुखमा माओवादीले पर्वतका नेत्रनाथ अधिकारीलाई पठाउने निर्णय गरिसकेको छ।

प्रकाशित: २८ माघ २०७४ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App