coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीकाे अन्तिम तयारी

काठमाडौं – नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सूचीमा बुझाउन अन्तिम तयारी गरेको छ । निर्वाचन आयोगले माओवादीबाट कम्तीमा २२ जना महिला निर्वाचित हुनुपर्नेमा ६ जना निर्वाचित भइसकेकाले समानुपातिकको १७ मध्ये १६ सिटमा महिला पठाउन निर्देशन दिएको छ। 

माओवादीले समानुपातिकबाट छनोट गर्ने १६ महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ । आयोगमा बुझाइएको बन्दसूचीअनुसार रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्य पहाडी र सीता पोखरेल एकदेखि पाँचसम्म छन्। 

आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर, यशोदा गुरुङ र अमृता थापा छन्। 
माओवादीले दलितबाट अञ्जना विसंखे र दुर्गा विक र मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छन्। 
माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटाबाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीकी चाँदतारा कुमारीमध्ये एक अट्नेछन् । पिछडिएको क्षेत्रबाट एकजना महिला  छनोट गर्नुपर्छ।

माओवादीले समानुपातिकबाट एक जना मात्र पुरुष पठाउन पाउने भएकाले सातवटा क्लस्टरको पहिलो नम्बरमा रहेकामध्येबाट नाम छनोट गर्नुपर्ने भएको छ । खस आर्यबाट हितराज पाण्डे, आदिवासी जनजातिबाट सुनिलकुमार मानन्धर, दलितबाट तिलक परियार, थारुबाट रामजी चौधरी, मधेसीबाट जोगकुमार बरबरिया यादव र मुस्लिम कोटाबाट हकी कुल्लाह मुसलमान बन्दसूचीमा छन्। 

प्रकाशित: २८ माघ २०७४ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App