coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश २ मा भागवण्डा : मुख्यमन्त्री फोरमलाई, सभामुख राजपाको

जनकपुरधाम – प्रदेश नम्बर दुईको सरकार निर्माण गर्न संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच सहमति भएको छ। शनिबार साँझ काठमाडौंमा बसेको दुई दलको बैठकले सभामुख, उपसभामुख र मुख्य मन्त्री समेत सात मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ।

सहमति अनुसार फोरले मुख्यमन्त्रीसँगै उपसभामुख, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ। राजपाले सभामुख, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ। सहमति पत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सही गरेका छन्।

प्रकाशित: २७ माघ २०७४ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App