१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेशमा ७० जना सचिव आवश्यक

काठमाडौं – सामान्य प्रशासन मन्त्रालयले बुधबारसम्म ४२ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीलाई प्रदेशमा सचिव सरहको काममा  खटाएको छ । 

सरकारले पारित गरेको प्रदेशको अस्थायी संरचनामा ७० जना सचिव रहने उल्लेख छ । सरकारले अझै ३० जना सहसचिवलाई सचिवको जिम्मेवारी दिई प्रदेश पठाउनु पर्नेछ।

सहसचिवको सो संख्यासहित अन्य कर्मचारी गरी बुधबारसम्म ८ सय ३० कर्मचारी खटाइ सकिएको छ । यसअघि २१ जना सहसचिवलाई खटाइसकेको थियो । बाँकी २१ जना सहसचिवलाई बुधबार खटाइएको हो । उनीहरूलाई बिहीबार सामान्य प्रसाशन मन्त्रालयले रमनापत्र दिने भएको छ । हालै बढुवा भएका सहसचिवलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखिएको थियो । उनीहरूलाई बिहीबारपछि मन्त्रालयमा हाजिर गरे रातो लगाउने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयमा १ जना सचिवको नेतृत्वमा   ३० जना कर्मचारी रहनेछन्  । प्रदेश मन्त्रिपरिषद्को कार्यालय  २ जना सचिवसहित २९ जना कर्मचारी, प्रदेशसभा सचिवालयमा एकजना सचिवसहित २७ कर्मचारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमामा १ जना सचिवसहित २९,  आर्थिक मामला तथा योजना मन्त्रालयमा  एकजना सचिवसहित २७ जना कर्मचारी, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा  एक जना सचिवसहित ३३ जना कर्मचारी, सामाजिक विकास मन्त्रालयमा  एकजना सचिवसहित ४१ जना कर्मचारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा एक सचिवसहित ३८, भूमि कृषि तथा सहकारी मन्त्रालयमामा एक सचिवसहित ३८ कर्मचारी रहनेछन्। 

सात प्रदेशका प्रदेश प्रमुखको कार्यालयमा ७ जना,  मुख्यमन्त्रीको कार्यालयमा ७ जना  सचिवको आवश्यकता छ भने प्रदेशमा रहने सात मन्त्रालयमा ४९ जना सचिवको आवश्यकता छ । प्रदेशसभामा १ सचिवको आवश्यकता छ । यसमा ७० जना सहसचिवलाई सचिवको जिम्मेवारी दिई पठाउने छ। 

 

प्रकाशित: २६ माघ २०७४ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App