८ वैशाख २०८१ शनिबार
राजनीति

विधान बनाउन कांग्रेस बैठक आज

काठमाडौं– नेपाली कांग्रेसले प्रदेश संसदीय दलको विधान टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ९ बजे बस्ने बैठकले प्रदेश संसदीय दलको विधान टुंगो लगाउनेछ । विधान नहुँदा कांगे्रसले प्रदेश संसदीय दलको नेता छान्न सकेको छैन । 

नयाँ संविधानअनुसार प्रदेशसभा निर्वाचन भएपछि कांग्रेसले केन्द्रीय सदस्य मीनेन्द्र रिजालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । समितिले प्रदेश विधान मस्यौदा तयार गरेसँगै त्यसमाथि छलफलका लागि बैठक बोलाइएको हो । 
पार्टी संसदीय दलका विगतका विधानाई नै आधार बनाएर तयार गरिएको मस्यौदालाई केन्द्रीय समितिको बैठकले संशोधनसहित पारित गर्नेछ । अनि कांग्रेसले प्रदेशमा संसदीय दल गठन प्रक्रिया सुरु गर्नेछ।

विधान मस्यौदा समिति संयोजक रिजालले विगतका विधानलाई आधार बनाएर प्रदेश संसदीय दलको विधान मस्यौदा तयार गरेको जानकारी दिए । ‘मस्यौदा तयार भएको छ,’ रिजालले भने, ‘शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा पेस हुन्छ । सुझावसहित बैठकले त्यसलाई पारित गर्नेछ।’

प्रकाशित: २६ माघ २०७४ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App