coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कार्यदलको प्रतिवेदन : आर्थिक कुटनीतिमा जोड

काठमाडौं- उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ।

कार्यदलले बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो प्रतिवेदन बुझाएको हो।

राजनीतिक, सैन्य, आर्थिक र संस्थागत गरी चार भागमा प्रवेदन तयार पारिएको कार्यदलका सदस्य प्रा.श्रीधर खत्रीले बताए। छिमेकलाई पहिलो प्राथमिकता दिएर काम गर्ने गरी प्रतिवेदन तयार पारिएको उनले बताए। पराराष्ट्रलाई बलियो बनाउनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। पछिल्ला दशकहरुमा मिसन तथा दूतावास र परराष्ट्र कमजोर देखिएकोले त्यसलाई बलियो बनाउनु पर्ने सुझाव पेश गरिएको छ। आर्थिक कुटनीतिमा जोड दिनु पर्ने समेत प्रतिवेदमा सुझाव दिइएको छ। कार्यदलले पेश गरेको प्रतिवेदन मन्त्रिपरिषदले पारित गरेपछि कार्यान्वयन हुने छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले गत वैशाख ७ मा परराष्ट्रमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। ४ महिना भित्र प्रतिवेदन पेश गर्न भनिए पनि कार्यदलले केही ढिलो गरी प्रतिवेदन पेस गरेको हो।

 

 

 

प्रकाशित: २५ माघ २०७४ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App