coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वाम गठबन्धनलार्इ बहुमत

सुर्खेत – प्रदेश ६ वाम गठबन्धनका ५ उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार दलित कोटाबाट नरपति लोहार, अपांग कोटाबाट जीवन बुढा र महिला कोटाबाट नन्दा चपाई, युटुल तामाङ र कबिता बोगटी विजयी भएका छन् । खुलातर्फ भने राति अबेरसम्म मतगणना भइरहेको छ।

वडा सदस्यमा पराजित लोहार सांसद !
भाग्यमा जे लेखिएको छ, त्यही हुन्छ ! कालिकोटका नरपति लोहारको भाग्यले यसको पुष्टि गरेको छ । गत स्थानीय तह निर्वाचनमा वडासदस्यमा चुनाव जितेका भए सायद उनी राष्ट्रियसभा सदस्यजस्तो उच्च पदमा पुग्ने थिएनन् । तर, उक्त निर्वाचनमा पराजित हुनु ५३ वर्षीय लोहारका लागि भाग्योदय भयो।

कालिकोटको रास्कोट नगरपालिका ८ मा एमालेबाट खुला वडासदस्य लडेका उनी माओवादी केन्द्रका मनीषा बरालसँग पराजित भए । ‘मैले लामो समयदेखि पार्टीले भनेअनुसार काम गर्दै आएँ, अहिले यो जिम्मेवारी पाउँदा खुसी लागेको छ,’ राष्ट्रियसभा सदस्य निर्वाचित भएपछि लोहारले भने, ‘अब म आपूmले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नेछु ।’
लोहार वाम गठबन्धनका तर्पmबाट दलित कोटामा राष्ट्रियसभा सदस्य लडेका थिए । उनले तीन हजार ६ सय ६६ मत ल्याएर कांग्रेसका मित्रलाल सार्कीलाई पराजित गरे । सार्कीले ९ सय ६० मत ल्याए।

प्रकाशित: २५ माघ २०७४ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App