७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रियसभा निर्वाचन: प्रदेश ५ मा एमाले हाबी

दाङ – राष्ट्रिय सभामा प्रदेश नम्बर ५ बाट सबैभन्दा बढी एमालेको प्रतिनिधित्व रहने भएको छ। बुधबार सम्पन्न निर्वाचन परिणाम अनुसार कुल ८ मध्ये ४ सदस्य एमालेबाट निर्वाचित भएका छन्।

दुई सदस्य कांग्रेस र दुई सदस्य माओवादी केन्द्रबाट निर्वाचित भएका छन्। बुधबार घोषित निर्वाचन परिणाम अनुसार एमालेबाट खुलातर्फ खिमलाल भट्राई, दलिततर्फ रामलखन चमार र महिलातर्फ कोमल ओली र मिना बुढा निर्वाचित भएका छन्। महिला तर्फका कोमल र मिना यसअघि नै निर्विरोध भैसकेका थिए। 

यसैगरि कांग्रेसका खुला तर्फ दुर्गाप्रसाद उपाध्याय र महिला तर्फ अनिता देवकोटा निर्वाचित भएका छन्। अनिता पनि यसअघि नै निर्विरोध निर्वाचित भैसकेकी थिइन्। यस्तै माओवादी केन्द्रबाट चन्द्रबहादुर खड्का खुलातर्फबाट र अपांगताबाट राजकुमार कुँवर निर्वाचित भएका छन्। 

बुधबार भएको निर्वाचन अन्तर्गत खुलातर्फ राष्ट्रिय जनमोर्चाका नेता रश्मिराज नेपाली पराजित भएका छन्। यस्तै दलिततर्फ कांग्रेसका मैकुलाल बाल्मीकी र अपांगतातर्फ कांग्रेसका लुटबहादुर खत्री पराजित भएका छन्।

३ सय ५ कुल मतदाता रहेको यो प्रदेशको निर्वाचनमा ३ सय ३ मत खसेको थियो। यो मध्य ११ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २४ माघ २०७४ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App