७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश १ मा एमालेका नेपाली र बान्तावा विजयी

विजयी भएपछि समर्थकका साथ अगमप्रसाद बान्तावा । तस्बिर : नागरिक

विराटनगर – प्रदेश नम्बर १ को बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।  अपाङ्ग तथा अल्पसंख्यक र दलित कोटाका लागि भएको निर्वाचनमा दुवै पदमा बाम गठबन्धनको समर्थन प्राप्त नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलित कोटाका उम्मेदवार खेम नेपाली र अपाङ्ग तथा अल्पसंख्यक तर्फ अगमप्रसाद वान्तावा निर्वाचित भएका छन्। नेपालीले ६ हजार २ सय ७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली का“ग्रेसका उम्मेदवार विन विश्वकर्माले २ हजार ८ सय ३२ मतभार प्राप्त गरे। दलित कोटातर्फ १० मत बदर भएको थियो। 

यस्तै अल्पसंख्यक र अपाङ्ग कोटातर्फ एमालेका बान्तावाले ६ हजार १ सय ३८ मतभार  प्राप्त गरेका छन्। अल्पसंख्यक तथा अपाङ्ग कोटातर्फ १२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत  नवराज दुलालले जानकारी दिए। 

प्रदेश १ मा ९३ प्रदेश सभा सदस्य मतदाता रहेकोमा ९२ मत  र  १ सय ३७ स्थानीय तहका २ सय ७४ जना मतदाता रहेकोमा २ सय ७२ मत खसेको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए। 

प्रदेशसभा सदस्य  संघीय लिम्बुवान मञ्चका सांसद विष्णु तुम्बाहाम्फे मतदानमा सहभागी भएनन्। त्यस्तै स्थानीय तहका संखुवासभाका मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कट्वालको मृत्यु भएको थियो भने ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा मतदानमा सहभागी भइनन्। 

राष्ट्रियसभाका ८ मध्ये प्रदेश १ बाट  ६ जना यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचित हुने मा अन्यतर्फ एमालेबाट २ र का“ग्रेसबाट १ जना छन्। अन्यतर्फ एमालेबाट संखुवासभाका पर्शुमेही गुुरुङ र झापाका हरिशरण शिवाकोटी  निर्वाचित भएका छन्। नेपाली का“ग्रेसबाट मोरङका रमेशजङ्ग रायमाझी निर्वाचित भएका छन् । 

तीन जनाको महिला आरक्षण कोटामा एमाले, माओवादी केन्द्र र का“ग्रेसबाट एक÷एक जना उमेदवार निर्वाचित भएका छन्। जसमा एमालेतर्फ मोरङकी  नैनकला ओझा, माओवादी केन्द्रबाट मोरङकै विना पोखरेल  र नेपाली का“ग्रेसबाट झापाकी सरिता प्रसाई रहेका छन्। 

निर्वाचत भएका राष्ट्रियसभा सदस्यहरूलाई बिहीबार विहान १० बजे जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा प्रमाणपत्र बितरण गरिने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। 

प्रकाशित: २४ माघ २०७४ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App