१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकार बनाउन फोरम–राजपा बैठक सुरु

जनकपुरधाम –प्रदेश सरकार निर्माणका तथा दलीय गठबन्धनको लागि आवश्यक छलफल गर्न संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच अाज जनकपुरमा बैठक बसेको छ।

बैठकमा फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, पार्टी उपाध्यक्ष एंव प्रदेश अध्यक्ष रेणु यादव र प्रदेशसभा संसदीय दलका नेता लालबाबु राउत सहभागी छन् । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी बैठकमा बसेको फोरमका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले जानकारी दिए।

प्रदेश सरकार गठनको लागि मुख्यमन्त्री तथा मन्त्रीहरू र सभामुख, उपसभामुख लगायत पद बाँडफाँटको निर्णय गर्न उक्त बैठक बसेको हो । जनकपुरको होटल सिताशरणमा मंगलबार बिहान साँढे १० बजेबाट बैठक सुरु भएको हो। प्रदेश सरकार गठनको लागि चुनावपछि राजपा र फोरमको यो पहिलो औपचारिक बैठक हो । राजपाले दुई नम्बर प्रदेशसभाको लागि संसदीय दलका नेता चयन गर्न पनि यही बैठकलाई कुरेको थियो । 

प्रकाशित: २३ माघ २०७४ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App