coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड

काठमाडौँ- नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिएका छन्। 

पाकिस्तानी दूतावासद्वारा मंगलबार आयोजित ‘जम्मु कास्मिकर विवादको ऐतिहासिक यथार्थ’ विषयक प्रवचनमा उनले कास्मिरका जनताको भावना बमोजिम जनमत संग्रह हुनुपर्ने राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड दिए। 

कार्यक्रममा पत्रकार राजन कार्कीले सरकारका कुनै पनि मुलुक मानवअधिकार उल्लंघनका घटनाबाट मुक्त हुनुपर्ने बताउँदै कास्मिर समस्या संयुक्त राष्ट्रसंघकै प्रस्तावअनुरुप हुनु आवश्यक भएको उल्लेख गरे। 

विश्लेषक शास्त्रदत्त पन्तले पण्डित नेहरुले गरेको वाचा बमोजिम कास्मिरी जनताका आकांक्षा सम्बोधन हुनुपर्ने विचार व्यक्त गरे। 

हरेक वर्ष आजकै दिन पाकिस्तानले विश्वभर ऐक्यबद्धता दिवस मनाउँदै आएको छ। रासस

 

प्रकाशित: २२ माघ २०७४ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App