coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

धनगढी – प्रदेश ७ को पहिलो बैठकमा राजनीतिक दलले अहिलेसम्म पछाडी परेको यस प्रदेशमा एकताबद्ध भएर बिकास र समृद्धिका लागि काम गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेका छन्। दलीय स्वार्थभन्दा माथि उठेर यस प्रदेशमा रहेका जलश्रोत, पर्यटन, जडिबुटी, कृषि लगायतका सम्भावनालाई उजागर गरेर विकास र समृद्धिमा बदल्नु पर्नेमा सबै दल एकमत भएका छन । १० हजार मेघावाट क्षमताको कर्णाली जलबिद्युत परियोजना, ६ हजार ५ सय मेघावाट क्षमताको पञ्चेश्वर जलबिद्युत परियोजना र ७ सय ५० मेघावाट क्षमताको पश्चिम सेती परियाजना संचालन गरेर यो प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउनुपर्नेमा सबैले जोड दिएका हुन्। यसैगरी यार्सागुम्वा लगायतका जुडिबुटी, पर्यटन, जलश्रोत र ताक्लाकोट नाका खोलेर दक्षिणदेखि उत्तरसम्म जोड्ने सडक संजाल बनाउने बिषय उनीहरुले उठाएका थिए। दलहरुले संसदिय दलका नेता छनौट गरिनसकेकाले आइतवार बिहान संसदिय दलको बैठक वसी पहिलो बैठकमा वोल्ने सदस्यको टुंगो लगाएका थिए।

आइतवार करिव डेढ बजे सजिसजावट गरिएको प्रदेश शभा भवनमा प्रदेश शभाको पहिलो बैठक शुरु भएको थियो । जेष्ठ सदस्य ७४ बर्षिय प्रदेश शभा सदस्य दिव्येश्वरी शाहले बैठकको अध्यक्षता ग्रहण गरेकी थिइन् । बैठक शुरु हुनासाथ राष्ट्रिय गान गाइएको थियो । शहिदहरु प्रति एक मिनेट मौन धारणा पछि शभामुखले एमालेका तर्फवाट बाजुराका  प्रदेश शभा सदस्य प्रकाश शाहलाई वोल्न समय दिइन्। प्रकाश शाहले संघियताको शुरुवात सँगै देशमा नया युगको प्रारम्भ भएको बताए। लामो संक्रमणकालको अन्त्य सँगै विकास र समृद्धीको युग प्रारम्भ भएको उनको भनाई छ। सवैभन्दा बढी ४५ प्रतिशित गरिवी रहेको सुदूरपश्चिम (प्रदेश ७)मा रहेका प्रचुर संभावनाको चर्चा गर्दै सवै दलहरु एकताबद्ध भएर विकास र स्मृद्धीका लागी काम गरेमात्र जनताको अपेक्षा र शहिदको सपना पुरा हुन सक्ने बताए। ‘स्थिरता, दिगो शान्ती र स्मृद्धीको युग प्रारम्भ हुनुपर्छ भन्ने जनतको अपेक्षा र सहिदको सपना पुरा गर्न सवै दलहरु एक भएर उभिनु पर्छ’ उनले भने, पुराना गलत राजनीतिक संस्कार छोडेर नयाँ सस्कार सहित अघि बढ्नुपर्नेमा उनले जोड दिए । १० हजार मेघावाट क्षमताको कर्णाली जलबिद्युत परियोजना,  ६ हजार ५ सय मेघावाटको पंचेश्वर परियोजना र ७ सय ५० मेघावाट क्षमताको पश्चिम सेती परियोजना संचालन गर्नुपर्ने उनले बताए। ‘अपार स्रोत साधन छ, मानवीय शक्ती छ’ उनले भने, ‘पुरानो मनस्थिती छोडेर इमान्दार भएर काम गर्न सके विकास र समृद्धि हुने छ।’ 

प्रकाश शाहपछि नेपाली काग्रेसका तर्फवाट डोटीका प्रदेश शभा सदस्य भरत खड्काले मन्तव्य राखेका थिए । खड्काले पनि आफ्नो मन्तव्यको बढीसमय प्रदेश ७ मा रहेका जलश्रोत लगायतका संभावना चर्चा गरेर विकास, स्मृद्धी गर्नुपर्ने बिषयमा खर्च गरेका थिए । धनगढी बिमानस्थललाई स्तरोन्नती गरी भारतको दिल्ली लगायतका ठाउँमा हवाईमार्ग जोड्नु पर्ने उनले धारणा राखे। 

खड्कापछि माओवादी केन्द्रका तर्फवाट डोटीका प्रदेश शभा सदस्य त्रिलोचन भट्टले मन्तव्य राखेका थिए । अहिले पनि आधा समुदाय उत्पीडन र उपेक्षित रहेको उल्लेख गर्दै उनीहरुलाई सरकार भएको महसुस दिलाउन सकेमात्र प्रदेश शभाकौ औचित्य पुरा हुने उनले बताए । उनले पनि सवैदलहरु बिकास र समृद्धीका लागी एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । भट्टले पनि सुदुरपश्चिममा रहेका जलश्रोत, पर्यटन, कृषी र जडिबुटी लगायतको संभावनाको चर्चामा धेरै शव्द खर्चेका थिए । अरुको मात्र मुख ताक्ने प्रवृती छोडेर प्रदेश ७ मा रहेका जलश्रोतलाई आफ्नै लगानीमा सदपयोग गरेर विकास र स्मृद्धीको वाटो खोल्नुपर्ने उनले बताए । ‘अरुको मुख तोकर मात्र हुदैन,आफ्नै क्षमतामा र लगानीमा जलबिद्युत उत्पादन गर्नुपर्छ ।’ 

राजपाका तर्फवाट मन्तव्य राखेकी कैलालीका प्रदेश शभा सदस्य मालमती रानाले टीकापुर हत्याकाण्डमा कारागारमा रहेका ‘राजनीतिक थारु बन्दी’ रिहा गर्नुपर्ने, टिकापुर हत्याकाण्डको छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, थारुका घर जलाउनेलाई कारवाही गरिनुपर्ने माग राखेकी थिइन्। उनले कैलाली निर्वाचन क्षेत्र १ वाट प्रतिनिधी शभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई निर्वाचन आयोगले वारेशनामा वाट प्रमाणपत्र दिनुपर्ने माग पनि राखिन्। उनले संविधान संशोधन गर्नुपर्ने माग पनि उठाइन्। 
बैठकमा प्रदेशका सबै (५३) सदस्य सहभागी थिए। यहाँ एमालेका २५, माओवादीका १४, नेपाली कांग्रेसका १२ र राजपाका २ सदस्य रहेका छन्।

प्रकाशित: २१ माघ २०७४ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App