४ वैशाख २०८१ मंगलबार
राजनीति

तस्बिरमा ६ नम्बरको पहिलो प्रदेशसभाको तयारी

सुर्खेत – आइतबार सुरु हुने ६ नम्बर प्रदेशको पहिलो बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। कृष्णध्वज खड्काको नेतृत्वमा संसद सचिवालयको टोलीले सभा सञ्चालन तथा व्यवस्थापनको काम गरिरहेको छ।

शनिबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसदसभा सञ्चालन हुने स्थलको निरीक्षण गरे। सभास्थलमै संसद सचिवालयका कर्मचारीले प्रदेश प्रमुख खनाललाई तयारीबारे जानकारी गराएका थिए। संसद सचिव खड्काले छोटो समय भएपनि तीब्र्र रुपमा सभाको तयारी भइरहेको बताए।

४० जना सदस्य रहेको ६ नम्बर प्रदेशको पहिलो बैठक आइतबार दिउँसो १ बजे मध्यपश्चिमाञ्चल क्षेत्रीय सिँचाइ कार्यालयको हलमा बस्नेछ। सरकार गठन नभएकोले पहिलो सभामा सत्तापक्ष र प्रतिपक्षीको लागि छुट्टै स्थान व्यवस्था नगरिएको बताए। दलको हैसियतअनुसार सभाकक्षमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

पहिलो बैठकमा दर्शकको संख्या अधिक हुने भएकोले यसको व्यवस्थापनको लागि पनि संसद सचिवालयले तयारी गरिरहेको छ। सभाहल सानो भएकोले पत्रकार र दर्शकलाई निश्चित संख्यामा निश्चित समय तोकेर प्रवेश गराइने सचिव खड्काले जानकारी दिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App