६ वैशाख २०८१ बिहीबार
राजनीति

भिडियोमा हेर्नुहोस् भारतीय विदेशमन्त्री स्वराजको काठमाडौं आगमन

काठमाडौं- भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने भ्रमणको क्रममा काठमाडौंमा छिन्।  भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे आएकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणाले स्वागत गरे।

साँझ ६:३० बजे एमाले अध्यक्ष केपी ओलीले स्वराजलाई होटल सोल्टीमा रात्री भोज दिदैछन्। रात्री भोज पछि राजपा नेताहरुले स्वराजसँग भेट गर्नेछन्।

स्वराजले राजनीतिक नभएर मैत्रीपूर्ण भ्रमण भएको बताएकी छन्। यसैगरी भोली बिहान ९: ३० बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वराजलाई भेट्न सोल्टी जाँदैछन्।

भोली नै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने छन्।

भिडियो

 

 

प्रकाशित: १८ माघ २०७४ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App