coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहमति नभए चुनावबाट मुख्यमन्त्रीको टुंगो, राष्ट्रिय सभाका मतदातालाई प्रशिक्षण

काठमाडाै‌ – नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीमा मुख्यमन्त्रीको लागि सहमति नभए चुनाबमा जाने निर्णय गरेको छ। 

७ वटा प्रदेशमध्ये ५ वटामा नेकपा एमाले र २ वटामा माओवादी केन्द्रका मुख्यमन्त्री बन्ने यसअघिनै सहमती भैसकेपनि मुख्यमन्त्री बन्नेको सूची लामो रहेकोले एमालेभित्र विवाद देखिएको छ। मुख्यमन्त्रीका आकांक्षीमा सहमति हुन नसकेको खण्डमा आकांक्षीबीच चुनाव गरेर टुंगोमा पुग्ने निर्णय भएको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए। उनका अनुसार राष्ट्रिय सभा निर्वाचनका मतदाताहरुलाई निर्वाचनबारे प्रशिक्षाण दिने पानि एमालेले निर्णय गरेको छ।

५ नम्बर प्रदेशमा सचिव शंकर पोखरेल संसदीय दलको नेता भइसकेका छन भने अन्य प्रदेशमा टुंगो लागेको छैन। ५ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी धेरै देखिएका छन्। 
प्रदेश नम्बर ४ मा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ मुख्यमन्त्रीका आकांक्षी हुन। ४ र ५ नम्बर प्रदेशमा माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको छ। 

त्यस्तै ३ नम्बर प्रदेशमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे लगायत आकांक्षी छन् । प्रदेश नम्बर १ मा भीम आचार्य र शेरधन राईको दाबी छ। यसको निर्णय सम्बन्धित प्रदेश कमिटीले लिने एमालेले जनाएको छ। प्रदेश नम्बर ६ र ७ मा भने माओवादीले मुख्यमन्त्री पाउने सहमति छ। 

नेकपा एमालेले यस अघि स्थानीय निर्वाचनमा मेयरका आकांक्षी धेरै देखिएको ठाउँमा निर्वाचनबाटै उम्मेदवार टुंगो लगाएको थियो।

शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान काम चालाउ सरकारका संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिकता विपरीतका कार्यहरूप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ। बैठकले देउवा सरकारले राष्ट्रिय ढुकुटीको दुरुपयोग, मनपरी ढंगले नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी काम गरेको निष्कर्ष निकालेको छ।

 

प्रकाशित: १६ माघ २०७४ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App