१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमाले माओवादी भागवण्डा मिल्यो, माओवादीलाई दुई मुख्यमन्त्री

सिंहदरवारमा बसेको कार्यदलको बैठक। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेशको भागवण्डामा सहमति गरेको छ। कार्यदलले २ नम्बर प्रदेश बाहेक ६ वटा प्रदेशको पदका लागि सहमति गरेका हुन्। कार्यदलको आज बसेको बैठकमा ४ मुख्यमन्त्री एमालेले लिने र २ वटा माओवादीले लिनेगरी सहमति भएको हो। जस अनुसार ६ र ७ प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने छ।

यस्तै, दुई पार्टीबीच सभामुखमा पनि सहमति भएको छ। जस अनुसार २ वटा प्रदेशमा माओवादीले र ४ वटामा सभामुख पाउने छ। ४ र ५ नम्बर प्रदेशमा माओवादीले सभामुखमा पाउने गरी भागवण्डा भएको एमाले नेता शंकर पोखरेलले बताए।

यस्तै, ४ वटा उपसभामुख माओवादीको कोटमा परेका छन् भने २ वटा एमालेले पाउने छ। ४ र ५ नम्बर प्रदेशमा एमालेले उपसभामुख पाउने गरी गठवन्धनले भागवण्डा टुंगाएको छ।

प्रकाशित: १४ माघ २०७४ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App