४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रदेश ५ को प्रदेशसभा बैठक माघ २१ गते

बुटवल – संघीय संरचनाअनुसारको प्रदेश संसदअन्तर्गत प्रदेश नं ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए।

बैठक प्रदेशसभा सचिवालय भवन बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बस्ने भएको छ। बैठक उक्त दिन अपराह्न १ बजे बस्ने प्रदेश प्रमुख कार्यालय सचिव दवाडीले जानकारी दिए।

प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। उनले प्रदेश प्रमुखले दलहरूबीच छलफल गरी बैठकको मिति तय भएको जानकारी दिँदै आइतबार बैठकको औपचारिक सूचना जारी गरिने बताए।

संविधानको धारा १८४ उपधारा १ मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्ने उल्लेख छ।

प्रदेशसभा बैठकका लागि संसद् सचिवालय बुटवल उद्योग वाणिज्य संघ परिसर र सभाहलमा तयारी भइरहेको र संसद् संचालका लागि केन्द्रबाट खटिएका कर्मचारीसमेत आउने क्रममा रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए। रासस

प्रकाशित: १३ माघ २०७४ १६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App