२८ असार २०७७ आइतबार
राजनीति

प्रदेश ५ को स्थायी राजधानी बुटवल : खाँड

भैरहवा – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँडले ५ नम्बर प्रदेशको स्थायी राजधानी पनि बुटवल नै हुने दाबी गरेका छन्।

तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभाको शनिवार उदघाटन गर्दै नेता खाँडले प्रदेश सभाका सदस्यहरुले सर्बसम्मत रुपमा बुटवललाई प्रदेशको राजधानी बनाउने दाबी गरे। उनले अहिले पनि बुटवलबाट मुकम सार्न नेताहरुले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिइरहेको भन्दै बुटवलबाट मुकाम सार्न खोजे काठमाडौं र पोखरा ठप्प हुनसक्ने चेतावनी दिए। रु

पन्देहीले बिभिन्न संकटका बेला काठमाडौंलाई घुडा टेक्नबाट बचाएको स्मरण गराउदै उनले मुकाम बुटवलबाट सार्ने निर्णय भए ठप्प पार्ने बताए। जनप्रतिनिधिको संख्याका हिसाबले पनि रुपन्देहीलाई मुकाम हुनबाट कसैले रोक्न नसक्ने उनको भनाई छ।

तिलोत्तमा नगरपालिकाले बिकासको ठुलो सम्भाबना बोकेको भन्दै उनले यहाँको बिकासको प्रभाव मुलुकभरी पर्ने बताए। मुलुकमा भएका सबै ठूला राजनितिक परिवर्तनहरुमा ठूलो भुमिका खेलेका यस क्षेत्रका नागरिकहरुलाई राज्यले सम्मान गर्नुपर्ने उनको भनाई छ।

भण्डारीको अध्यक्षतामा नर्या नेतृत्व चयन

अधिबेशनबाट  गुणनिधि (माधव) भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध चयन भएको छ। नया समितिको बरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा, बाणिज्य उपाध्यक्षमा हरिलाल पाण्डे, महासचिवमा कमल कडेल, कोषाध्यक्षमा सुरज पंगेनी, सचिवमा बिष्णु भण्डारी, सहसचिवमा टिकाराम भण्डारी, सहकोषाध्यक्षमा अमृत भुसाल निर्बिरोध भएका छन।

त्यस्तै सदस्यमा नारायण बहादुर पौडेल, राजकुमार पाण्डे, धन बहादुर गुरुङ्ग, भुपेन्द्र राना, तोलाकान्त अधिकारी, कृष्ण प्रसाद पाण्डे, पारामश्वर उपाध्याय, राधिका शर्मा, संगिता गौतम, रिता बस्याल, निरञ्जन सिलवाल र शेर बहादुर थापा निर्बिरोध भएका छन।

प्रकाशित: १३ माघ २०७४ २०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App