८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन चैतमा

काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ । ‘हामी बदलिन्छौं, कांग्रेस बदल्छौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने सम्मेलनले कांग्रेसलाई नवजीवन प्रदान गर्न महत्वपूर्ण योगदान दिने आयोजकले बताएका छन् ।

कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ८औं पुण्य तिथिको अवसर पारेर आयोजना गर्न लागिएको सम्मेलनमा देशका सबै जिल्ला कार्यसमितिका कोषाध्यक्षको उपस्थिति रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । छ । सम्मेलनबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता गोविन्द पुडासैनीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका जनप्रिय निर्णयको एमालेले विरोध गर्नुको कुनै तुक बताए । उनले भने, ‘वर्तमान सरकारले जनताको हितमा निर्णय गरेको छ, एमालेले बखेडा झिकेर विरोध गर्नुको कुनै औचित्य छैन ।’
 

प्रकाशित: १३ माघ २०७४ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App