८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारका निर्णयप्रति एमाले रुष्ट, आज धारणा सार्वजनिक गर्ने

काठमाडौ– नेकपा एमालेले बिहीवार पत्रकार सम्मेलन गरि सरकारका पछिल्ला निर्णय र अन्य विषयमा धारणा सार्वजनिक गर्ने भएको छ । 

सरकारले बुधवार ६५ वर्षमै ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको थियो भने भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी मुकाम तोक्ने, भुकम्पपिडितलाई थप १ लाख दिने, कर्मचारीको सरुवा, नियुक्ति एवं बढुवा, विभिन्न बहानामा सहयोग रकम वितरण जस्ता निर्णयहरु सरकारबाट भएका छन् । 

एमालेको शब्दमा निर्वाचन गरेपछि स्वतःकाम चलाउ बनेको सरकारले धमाधम दीर्घकालिन निर्णय गरेकोले ती निर्णयमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी ओली उपस्थित हुनेछन् । 

 

प्रकाशित: ११ माघ २०७४ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App