१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस उम्मेदवारको टुंगो आज

काठमाडौं –नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले अघि सार्ने उम्मेदवारको टुंगो मंगलबारसम्म लगाउने भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारको अन्तिम निर्णय लिनेछ।

कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीनजनाको नाम टुंगो लगाएको जनाएको छ । खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो।

उम्मेदवारको टुंगो लगाउन सोमबार पनि पार्टी नेताहरु सक्रिय रहे पनि केही नाममा नेताहरुबीच सहमति जुट्न नसकेपछि मंगलबार पुनः बसेर निर्णणमा पुग्ने सहमति भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘छलफल सुरु भएको छ तर निर्णय हुन बाँकी छ,’ केसीले नागरिकसँग भने, ‘पार्टीभित्र बृहत् सहमतिबाट मंगलबार निर्णयमा पुग्नेछाैँ ।’

कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीन जनाको नाम टुंगो लगाएको जनाएको छ। खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको छ । प्रदेश चारबाट केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई अघि सार्ने निश्चित भएको छ।

यद्यपि नेता रामचन्द्र पौडेलले उक्त प्रदेशबाट मगर समुदायबाट उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गर्दै मन्त्रिपरिषद्बाट मनोनीत गर्ने तीनमध्ये एकमा पाण्डेलाई समेट्न सभापतिलाई आग्रह गरेका थिए। तर, सभापति देउवाले त्यसलाई अस्वीकार गरेका छन्।

प्रदेश नम्बर एकबाट केन्द्रीय सदस्य सरिता प्रसाईंलाई उम्मेदवार बनाउन पौडेल प्रस्ताव गरे पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अर्को नाम प्रस्ताव गरेपछि सहमति जुट्न बाँकी छ। प्रदेश दुईमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तालमेल गरेर अघि बढ्ने कांग्रेसको आन्तरिक तयारी छ।

‘पार्टी केन्द्रीय सदस्य र अवसर नपाएका नेताहरुलाई राष्ट्रियसभा उम्मेदवार बनाउन तयारी छ,’ केसीले भने, ‘अन्य दलसँग पनि छलफल भइरहेकाले सबै एकैसाथ निर्णयमा पुग्छौं।’

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्नुपर्नेछ। 

प्रकाशित: ९ माघ २०७४ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App