coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘नेतृत्वको कमजोरीले कांग्रेस कमजोर’

खोटाङ – खोटाङको हलेसीमा भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले नेतृत्वको कमजोरीका कारण पार्टी कमजोर बनेको निष्कर्ष निकालेको छ।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पराजय बेहोर्नुका कारण खोज्न त्रि–धार्मिकस्थल हलेसीको दर्शन गर्ने बाहनामा हलेसीमा भेला भएका कांग्रेस सभापतिहरुको भेलाले नेतृत्वले पार्टीलाई चलायमान बनाउन नसक्दा र आन्तरिक व्यवस्थापनमा ध्यान नपु-याउँदा पार्टी कमजोर बनेको निष्कर्ष निकालेको हो।

जाम्बाला रिसोर्टमा सोमबार भएको सभापतिको भेलाले पार्टीलाई शुद्धिकरण र सुदृढिकरण गर्नुपर्ने आवश्यकता देखिएको निष्कर्ष निकालेको छ। निर्वाचनमा कांग्रेसले भोगेको पराजय, पराजयका कारण, पार्टी नेतृत्वबाट भएका कमजोरी लगायतका बिषयमा भएको छलफलमा पार्टीले नयाँ अवधारणा र जनमुखी कार्य गर्न नसकेका कारण पार्टीले पराजय भोग्नु परेको निष्कर्ष निस्केको खोटाङ कांग्रेसका सभापति नरेशकुमार श्रेष्ठले बताए।

देश सघीय संरचनामा गइसकेकाले सोही अनुरुपको विद्यान निर्माणका लागि भेलाले काठमाडौं सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय बिद्यान परिमार्जन समिति गठन गरेको छ। समितिको सदस्यमा कालिकोट सभापति हर्कबहादुर बम, पाँचथर सभापति नरेन्द्र केरुङ, सिन्धुली सभापति उज्वल बराल र धादिङ सभापति रमेश धमला चयन भएका छन्। भेलाले आगामी जिल्ला सभापतिको राष्ट्रिय भेला नुवाकोटमा गर्ने निर्णय गरेको महासमिति सदस्य बिष्णुकुमार राईले बताए। आइतबार हलेसीमा आयोजित कांग्रेस खोटाङको बैठकको अवशर पारेर सबै जिल्ला सभापतिलाई हलेसी बोलाइएको थियो।

हलेसीको पर्यटन प्रवर्द्धनका लागि सभापतिको प्रतिबद्धता

कांग्रेसका जिल्ला सभापतिहरुले त्रि–धार्मिकस्थल एबं पर्यटकीयस्थल हलेसीको पर्यटन प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। खोटाङकै प्रमुख आर्थिक केन्द्रकारुपमा रहेको हलेसीको प्रचार–प्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि सभापतिहरुले प्रतिबद्धता जनाएका हुन्। हलेसीको पर्यटन प्रबर्द्धनका लागि सरकार र पार्टी नेतृत्वसमक्ष माग राख्ने निर्णय गरिएको सहभागीहरुले बताएका छन्।

प्रकाशित: ८ माघ २०७४ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App