८ वैशाख २०८१ शनिबार
राजनीति

उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौ – उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ।

नियमित स्वास्थ्य परीक्षणपछि विहीबार स्वदेश फर्कनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेका थिए।  

उनीहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
 

प्रकाशित: ५ माघ २०७४ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App