१६ चैत्र २०८० शुक्रबार
राजनीति

सल्यान पार्टी कमिटी एमालेमा विलय भएको होइन: राप्रपा

कठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानको आफ्नो पार्टी कमिटी एमालेमा विलय नभएको बताएको छ। राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले केही व्याक्ति एमाले प्रवेश गरे पनि पार्टी कमिटी विलय भएको भन्ने निराधार भएको बताए।

‘केही नेताहरु प्रवेश गर्दैमा पार्टी कमिटी विलय भन्ने हुँदैन’, उनले भने, ‘ केही व्याक्तिले पार्टी छोड्दैमा विलय भएको होइन। राप्रपाका केन्द्रीय सह-महामन्त्री मनोज कुमार प्रधान, जिल्ला अध्यक्ष मनोजकुमार सिंह सहित राप्रपा सल्यान जिल्ला कार्यसमितिका नेताहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश गरेका थिए।

प्रकाशित: ४ माघ २०७४ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App