२२ असार २०७७ सोमबार
राजनीति

सरकारले तोकेको प्रदेश प्रमुख हटाउने ओलीको संकेत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले अध्यक्ष केपी अाेली । तस्बिर : दिनेश गाेले

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेश प्रमुख तथा अस्थायी राजधानीमा आफ्नो सहमति नरहेको भन्दै नयाँ सरकारले प्रदेश प्रमुख तथा राजधानी परिर्वतन गर्ने संकेत गरेका छन्। 

प्रदेश प्रमुख तोकेको प्रति असन्तुष्टि जनाउँदै ओलीले भने, 'उपर्युक्त समयमा विचार गर्ने समयमा विचार गरिन्छ।' प्रदेश मुकामका बारेमा ओलीले भने, 'तोक्नु भन्ने सहमति हो । को को कहाँ भन्ने सरकारको कुरा हो । यसमा हाम्रो सहमति छैन।'

बैंककमा स्वास्थ्य परीक्षण गरी बिहीबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै  सरकारले तोकेको प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरूको सहमति नरहेको भन्दै नयाँ सरकारले परिर्वतन गर्ने संकेत गरेका हुन्। 

सरकारले बुधबार तोकेको प्रमुख र राजधानीको विषयमा उपयुक्त समयमा निर्णय लिने भन्दै उनले भने,  ‘सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको छ । तर प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ । यस विषयमा अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त समयमा निर्णय गरिन्छ।’ प्रदेश प्रमुख तोकेको प्रति असन्तुष्टि जनाउँदै ओलीले भने, 'उपर्युक्त समयमा विचार गर्ने समयमा विचार गरिन्छ।' प्रदेश मुकामका बारेमा ओलीले भने, 'तोक्नु भन्ने सहमति हो । को को कहाँ भन्ने सरकारको कुरा हो । यसमा हाम्रो सहमति छैन।'

प्रकाशित: ४ माघ २०७४ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App