८ वैशाख २०८१ शनिबार
राजनीति

वाम एकता कसैले बिथोल्न नसक्ने: सचिव ज्ञवाली

काठमाडौं– नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकार गठनको बाटो खोल्नुपर्ने बताएका छन्।

अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षणलाई बुधबार सम्बोधन गर्दै ज्ञवालीले जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताए। 

ज्ञवालीले वाम एकताका बिथोल्नका लागि केही शक्ति अझै लागिपरेको भन्दै त्यो सफल नहुने धारणा राखे। अध्यक्ष केपी शर्मा ओली बैंककबाट आएपछि नेकपा (माओवादी केन्द्र)सँगको एकतालाई मूर्त रुप दिने उनको भनाई थियो।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले वाम एकताले नेपाली कम्युनिष्ट विद्यार्थीको आन्दोलनलाई थप सहयोग पु¥याउने दाबी गरिन। 

कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै अनेरास्ववियु मातहतका कमिटीको सहभागिता रहेको छ।  (रासस)

प्रकाशित: ३ माघ २०७४ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App