काठमाडौं– निर्वाचन आयोगले मंगलवार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच शीर्ष दलका नेताहरुसँग छलफल गर्दैछ । आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा पाँच दलका नेताहरुसँग छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम रोकेको भन्ने एमाले, माओवादीलगायतका दलहरुको आरोपका बीच सर्वदलीय बैठक बोलाएको हो । बैठकमा एमाले, कांग्रेस, माओवादी, राजपा तथा संघीय समाजवादी फोरमका नेताहरुलाई आमन्त्रण गरेको छ ।
आयोगले प्रदेश प्रमुखको नियुक्तिमा भइरहेको ढिलाई, राष्ट्रिसभा निर्वाचनको विधि, प्रक्रिया तथा अन्य संवैधानिक तथा कानुनी जटिलताबारे छलफल गर्नेछ ।
प्रकाशित: २ माघ २०७४ ०३:१७ मंगलबार