१६ चैत्र २०८० शुक्रबार
राजनीति

खर्च सीमा साढे तीन लाख

काठमाडौं– निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च सीमा तोकेको छ । आयोगले राष्ट्रियसभा सदस्यका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सिमा तोकेको हो। 

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचनमा भाग लिने उम्मेदवारले प्रचारप्रसारका क्रममा मतदाता नामवली खरिदमा एक हजार, सवारीसाधनमा ७० हजार, सवारी  इन्धनमा १० हजार, प्रचार सामग्रीमा १४ हजार ५ सय, ढुवानीमा १० हजार, गोष्ठी–अन्तत्र्रिmयामा एक लाख, छापा एवं विद्युतीय माध्यममा प्रचारप्रसारमा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउने सीमा तोकेको छ।

निर्वाचनअघि आयोगले खर्च सीमा तोक्ने र निर्वाचनका क्रममा उम्मेदवारले प्रचारप्रसारका क्रममा भएको खर्च विवरण आयोगलाई बुझाउनुपर्ने व्यवस्था छ । उम्मेदवारले भने वास्तविक खर्चभन्दा निकै कमको विवरण बनाएर आयोगमा बुझाउने गरेका छन्। 

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि अल्पसंख्यक समुदाय तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगको आइतबार बसेको बैठकले प्रदेशसभामा अल्पसंख्यक समुदायबाट समेत निर्वाचित हुनुपर्ने व्यवस्था भएपछि त्यसका लागि अल्पसंख्यक समुदाय तोकी राजपत्रमा सूचना प्रकाशित गर्न गृह मन्त्रालयमार्फत सरकारलाई निर्देशन दिएको हो। 

आयोगले निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना माघ ३ गतेसम्ममा आयोगमा पठाउन राजनीतिक दललाई आग्रह गरेको छ।

प्रकाशित: २ माघ २०७४ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App