१६ चैत्र २०८० शुक्रबार
राजनीति

वैचारिक अभियान चलाउन युवा नेताको माग

काठमाडौँ – नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीलाई बलियो र सशक्त बनाउनका लागि वैचारिक अभियान चलाउन नेतृत्वसँग माग गरेका छन्।

नेपाल तरुण दलका महामन्त्री एवं काँग्रेस कालीकोटका महासमिति सदस्य भूपेन्द्रजंग शाही, महासमिति सदस्य धर्मेन्द्र नेम्वाङ, विनिता अधिकारी, खड्ग डाँगी, सुनिता अधिकारी, काँग्रेस लमजुङका क्षेत्रीय सभापति वृषराज गुरुङ, बाग्लुङ क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, पहोरा नगरपालिका रौतहटका प्रमुख शेख वकिललगायतले सोमबार संयुक्त विज्ञप्ति जारी गरी पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनका लागि तत्काल महासमिति बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेका छन्।

युवा नेताले पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्न केन्द्र, जिल्ला र गाउँ तहसम्म विचार, सिद्धान्त र कार्यसूचीमा आधारित वैचारिक जागरण अभियान सञ्चालन गर्नुपर्ने तथा पार्टीको पराजयबारे गम्भीर समीक्षा गरेर निचोडमा पुग्नुपर्ने, निर्वाचनमा लिइएको जिम्मेवारी सिंगो केन्द्रीय समितिले लिनुपर्ने, समानुपातिकमा एक पटक सांसद बनेको व्यक्तिलाई दोहो-याउन नहुने, पार्टीलाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर हरेक तहसम्म प्रशिक्षण अभियान सञ्चालन गर्ने र युवालाई अगाडि बढाउने माग गरेका छन्।

यसैगरी विपी कोइरालाले लिएको बाटाबाट विचलित हुन नहुने, नेता र कार्यकर्ताबीचको दूरीलाई कम गर्नुपर्ने, ‘भ्रष्टाचारमुक्त नेपाल’ र ‘सुशासनयुक्त नेपाल’ अभियान देशभर सञ्चालन गर्नुपर्ने, तत्काल पार्टी पदाधिकारी, विभाग, प्रदेश समिति र भ्रातृसंस्थालाई पूर्णता दिनुपर्ने पनि उनीहरुले बताएका छन्।

प्रकाशित: १ माघ २०७४ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App