१६ चैत्र २०८० शुक्रबार
राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन खर्चको सीमा निर्धारण

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा भाग लिने उम्मेदवारले निर्वाचनको प्रचार प्रसारमा गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ।

आयोगको आइतबारको बैठकले निर्वाचन खर्चको अधिकतम हद तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

उम्मेदवारले मतदाता नामावली पुस्तिका खरिदमा एक हजार, सवारीसाधनमा रु ७० हजार, सवारी इन्धन ९घोडा प्रयोग गरिएकोमा दाना समेत० रु १० हजार, प्रचार प्रसार सामग्री रु १४ हजार ५००, ढुवानी रु १० हजार, गोष्ठीरअन्तरक्रियामा रु एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा रु १४ हजार ५००, कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउने गरी आयोगले खर्चको अधिकतम सीमा तोकेको छ।

‘अल्पसंख्यक समुदाय’ तोक्न आग्रह

यसैगरी, आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’को विवरण तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ।

दस्तखत नमुना पठाउन अनुरोध

आयोगको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना माघ ३ गतेसम्ममा पठाउन राजनीतिक दलहरुलाई सूचित गर्ने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिए।

प्रकाशित: ३० पुस २०७४ १५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App