coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वाम गठबन्धनले मुख्यमन्त्री चयन गर्दै

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचन, प्रदेश सरकार र संसद्को जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई दुवै पार्टीका अध्यक्षले सामूहिक निर्देशन दिएका छन् ।
वाल्कोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको दुई पार्टीको शिर्ष नेताको वैठकले उक्त निर्देशन दिएको हो । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललेले सामुहिक रूपमा दिशानिर्देश पाएलगत्तै काम सुरु गरेको छ ।
उक्त कार्यदलले राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उम्मेदवार तय गर्नेदेखि प्रदेश सरकार गठन, प्रदेश मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ । ‘रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको भावना र सन्तुलनलाई मुख्य आधार बनाइने छ,’ कार्यदल सदस्य वर्षमान पुनले भने ।
उक्त रिपोर्ट तयार पार्नुअघि नै पार्टी एकीकरण प्रक्रिया अघि बढेमा कार्यदलको सो रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः संयोजन समितिको बैठकमा जानेछ । मंगलबार गठन गरिएको उक्त कार्यदलमा एमालेबाट सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादीबाट पुनसहित रामबहादुर थापा र मातृका यादव सदस्य छन् । उक्त कार्यदलको वैठक निरन्तर रूपमा बस्नेछ ।

प्रकाशित: २७ पुस २०७४ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App