coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘हिन्दुत्व’मार्फत् शक्ति अभ्यास

नेपालगन्ज- पूर्वराजा ज्ञानेन्द्र शाह पुस १३ गते साँझ नेपालगन्ज ओर्लिंदा उनलाई स्वागत गर्ने लाइनमा विभिन्न ‘राजनीतिक रङ’का मान्छेहरू थिए । उनीहरू त्यहाँ पुग्नुको उद्देश्य भने साझा थियो– हिन्दु धर्मअनुसार ‘देव अबतार’ मानिने पूर्वराजालाई भेट्ने ।
नेपालगन्जमा खुलेको होटल सोल्टीको प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य बताइए पनि १० दिन लामो बसाइँका क्रममा उनी मठमन्दिर दर्शन र पूजाआजामै केन्द्रित भए । होटलमा बस्दासमेत उनले होटल सोल्टीको भन्दा हिन्दू धर्मको प्रवद्र्धनमा बढी समय खर्चिए । ‘स्वाभाविकरूपमा उहाँले आपूmलाई भेट्न आउनेसँग नेपाललाई कसरी हिन्दुराष्ट्र बनाउन सकिन्छ भन्नेबारे चासो राख्नुभयो,’ भ्रमण अवधिमा पूर्वराजासँग निकट रहेका राप्रपा केन्द्रीय सदस्य ऋषिराज देवकोटाले भने, ‘हिन्दू धर्म र राजसंस्था एकअर्काका पर्याय भएकाले यसलाई अन्यथा मान्न मिल्दैन ।’

पूर्वराजा ज्ञानेन्द्र मध्य तथा सुदूरपश्चिमका प्रमुख धार्मिक पीठको दर्शनपछि सोमबार भारतीय सहर लखनउ गए, जहाँ नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानका एक प्रमुख अभियन्ता भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरे ।

देवकोटाको भनाइमा पूर्वराजा शाहमा राजनीतिप्रति रुचि छैन । हिन्दु धर्ममार्पmत शक्ति अभ्यास गर्ने आकांक्षा भने पर्याप्त देखिन्छ । विशेषगरी राजसंस्था अन्त्यपछि उनले हिन्दु धर्ममार्पmत आपूmलाई जनतासँग जोड्ने गरेका छन् । यसपटकको भ्रमणमा पनि उनी बाँकेको बागेश्वरी मन्दिर, धनगढीको शिवपुरीधाम, दाङको अम्वेश्वरी तथा गोरक्षरत्ननाथ मन्दिर र बर्दियाको बंगलामुखी मन्दिर पुगे । उनी जहाँ–जहाँ गए, त्यहाँ जनताले राजतन्त्र र हिन्दुराष्ट्रको नारा लगाए । पूर्वराजाले पनि जनताको भावना बुझेरै राजनीतिकभन्दा धार्मिक भाका बढी बोले । धनगढीमा शिवपुरीधाम दर्शनपछि धाम व्यवस्थापन समितिका अध्यक्ष श्याम टायललाई धामको विकासमा सक्दो सहयोग गर्ने आश्वासन दिए ।
शाह मध्य तथा सुदूरपश्चिमका प्रमुख धार्मिक पिठको दर्शनपछि आइतबार भारतीय सहर लखनउ गए, जहाँ नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानका एक प्रमुख अभियन्ता उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरे । राप्रपा नेता देवकोटाले भनेझैं यो भेटले पूर्वराजा हिन्दूत्वमार्पmत शक्ति अभ्यास गर्न लालायित छन् भन्ने स्पष्ट सन्देश दिएको छ । नेपालगन्जस्थित बागेश्वरी मन्दिरका मूलमहन्त योगी चन्दनाथ पूर्वराजा र मुख्यमन्त्रीको भेटघाटले नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानमा विशेष अर्थ राख्ने बताउँछन् । ‘उहाँ (आदित्यनाथ) अहिले मुख्यमन्त्री भएकाले मात्र चुपचाप देखिनुभएको हो, भित्री उद्देश्य त नेपाललाई कसरी हिन्दूराष्ट्र बनाउने भन्ने नै छ,’ आदित्यनाथसँग नजिक सम्बन्ध रहेका चन्दनाथ भन्छन्, ‘अहिले ‘राजा’ स्वयं त्यहाँ गएपछि यो विषयमा छलफल नहुने कुरै भएन ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बलियो सम्बन्ध भएका योगी आदित्यनाथ नेपालमै आएर हाकाहाकी राजतन्त्र फर्काउन आव्हान गर्ने कट्टर हिन्दुवादी तथा राजावादी नेता हुन् । करिब तीन वर्षअघि भारतीय जनता पार्टी र भारतका हिन्दुवादी नेताको योजनामा आदित्यनाथले नेपालका हिन्दुवादी तथा दरबारियालाई विराट हिन्दु महासम्मेलन आयोजना गर्न लगाएका थिए । पछिल्लो समय २०७३ कात्तिकमा काठमाडौं वनकालीमा आयोजित एक समारोहमा उपस्थित उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्साहित हुनेगरी अभिव्यक्ति दिएका थिए । समारोहमै आदित्यनाथले ‘हाम्रो मिसन– हिन्दु राजा, हिन्दु प्रजा’ भनिदिएपछि ज्ञानेन्द्रले समेत पुनः राजा हुने आकांक्षा प्रकट गरेका थिए ।
आइतबार लखनउ जानुअघि नेपालगन्जका भेटघाटमा पनि पूर्वराजाले धार्मिक मुद्दालाई विशेष जोड दिएका स्रोतको भनाइ छ । नेपालगन्ज आएको तेस्रो दिन राप्रपा अध्यक्ष कमल थापा उनलाई भेट्न होटल सोल्टीमै पुगे, जहाँ दुईजनाबीच करिब दुई घण्टा ‘वान–टू–वान’ बार्ता भयो । सोही दिन साँझ काठमाडौं फर्केका थापाले पत्रकारसँग भने, ‘अब राजतन्त्र र हिन्दूराष्ट्रको अजेन्डा हामीले सडकबाट स्थापित गर्छौं ।’
थापाको नेपालगन्ज यात्रा पनि राजनीतिकभन्दा ‘पूर्वराजा लक्षित’ थियो । एयरपोर्टबाट सिधै पूर्वराजालाई भेट्न पुगेका थापाले फर्किने बेलामात्र पार्टी कार्यकर्तासँग भेट गरेका थिए । ‘पूर्वराजासँग भेटघाट गर्ने र पार्टीको चुनावी समिक्षा पनि गर्ने उद्देश्यसहित उहाँ (थापा) आउनुभएको थियो,’ देवकोटाले भने, ‘भेट अत्यन्तै गोप्य रहेकाले के कुरा भयो भन्नेबारे हामीलाई थाहा भएन ।’

प्रकाशित: २५ पुस २०७४ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App