१६ चैत्र २०८० शुक्रबार
राजनीति

सर्वोच्च र उच्च अदालतमा महिला मुख्य न्यायाधीश बनाउन माग

काठमाडौं – नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ।

बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा आइतबार गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो।

ज्ञापनपत्रमा यही पुस २० गते बसेको न्याय परिषद्को बैठकले गरेको उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको र संविधानले व्यवस्था गरेअनुसारको समावेशी सिद्धान्त गर्नुपर्ने व्यवस्थालाई उपेक्षा गरिएको उल्लेख छ। परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशमा चार नाम सिफारिश गर्दा एक महिला कानून व्यवसायीको पनि समावेश गरेको थिएन।

यसअघि सर्वोच्च अदालतमा र उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति आपत्ति प्रकट गर्दै सक्षम र योग्य महिला कानुन व्यवसायीलाई सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाशीश नियुक्ति गर्न माग गरेको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश पराजुलीले आगामी दिनमा सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा आफूले यस कुरालाई गम्भीरतापूर्वक लिएर महिला कानून व्यवसायीलाई नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २३ पुस २०७४ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App